चिनियाँ राजदूत भेटघाटमा व्यस्त, प्रधानमन्त्रीपछि माधव नेपालसँग कुराकानी

चिनियाँ राजदूत भेटघाटमा व्यस्त, प्रधानमन्त्रीपछि माधव नेपालसँग कुराकानी

नेपालका लागि चिनियाँ राजदूतले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । राजदूत छन सोङले शिष्टाचार भेटवार्ता गर्नुभएको बताइएको छ ।

उहाँले कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा दिउँसो भेट गर्नुभएको हो । भेटमा नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षमा छलफल भएको अध्यक्ष नेपालको निजी सचिवालयले जनाएको छ ।

आजै बिहान राजदूतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गर्नुभएको थियो । उहाँले प्रधानमन्त्रीसँग करिब आधा घण्टा कुराकानी गर्नुभएको हो । 

प्रधानमन्त्रीको निवासबाट चिनियाँ राजदूत छन निस्कनुभएको दुई घण्टापछि एमाले अध्यक्ष त्यहाँ पुग्नुभएको थियो । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच झण्डै दुई घण्टा राष्ट्रपति निर्वाचन र उम्मेदवारबारे कुराकानी भएको हो ।

चिनियाँ राजदूतले दुई दिनअघि बालकोट पुगेर एमाले अध्यक्षसँग पनि भेटवार्ता गर्नुभएको थियो ।
 

टिप्पणीहरू