उपप्रधानमन्त्रीसहित चिनियाँ राजदूतको टोली चक्रपथ निरीक्षणमा

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ लगायतको टोली लामो समयदेखि निर्माणकार्य प्रारम्भ हुन नसकेको काठमाडौं चक्रपथको पश्चिम भागको निरीक्षणमा जुटेको छ ।

कलंकीदेखि महाराजगञ्ज हुँदै चाबहिल खण्डको निर्माण कार्य तत्काल थाल्न आज उच्चस्तरीय टोली त्यहाँ गएको हो । उपप्रधानमन्त्री श्रेष्ठको अग्रसरतामा आज स्थलगत निरीक्षणमा गएको टोलीमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ, काठमाडौंका मेयर बालेन साह, सचिव केशवप्रसाद शर्मा, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायत संलग्न रहेको टीमले सो खण्डको स्थलगत निरीक्षण गरेको हो ।

चक्रपथको उक्त खण्ड चीन सरकारको सहयोगमा पुनर्निमाण गर्न लागिएको हो । यसअघि कोटेश्वरदेखि कलंकीसम्मको खण्ड पनि चीनले नै बनाइदिएको थियो । ५१ वर्षअघि काठमाडौंको २७ किलोमीटर लामो चक्रपथ चीन सरकारको सहयोगमा बनेको हो ।

टिप्पणीहरू