बानेश्वरमा सभामुख र कानुनमन्त्रीसहितको बधाई साटासाट
पूर्व सांसद मञ्चले संघीय संसदका दुवै सदनका सदस्यहरुलाई एकै ठाउँमा भेला गरेर अन्तरसंवाद तथा बधाई कार्यक्रम आयोजना गरेको छ । आज बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सभामुख देवराज घिमिरेलाई प्रमुय्ख अतिथि बनाइएको छ भने उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याल र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानलाई पनि निम्त्याइएको छ । त्यस्तै, पूर्व सांसद मञ्चका अध्यक्ष ओमकार श्रेष्ठसहित पदाधिकारीहरु सहभागी छन् ।
कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरु, संघीय संसद सचिवालयका कर्मचारीलगायतको पनि उपस्थिति रहेको छ ।
टिप्पणीहरू