माओवादी अफिसमा नारायणकाजीलाई राखेर माधवसँग प्रचण्डको गोप्य भेट

माओवादी अफिसमा नारायणकाजीलाई राखेर माधवसँग प्रचण्डको गोप्य भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल शुरु भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठसहित दुई नेता संवादमा जुटेका हुन् । 

राष्ट्रपनि निर्वाचनमा एकै ठाउँमा उभिने र क्रमश: तत्कालीन पाँच दलीय गठबन्धन ब्युँताउने तयारीका साथ राजनीतिक भेटघाटमा व्यस्त प्रधानमन्त्री प्रचण्ड , अध्यक्ष नेपाल र माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठबीच अहिले भेटघाट जारी छ । 

आज साँझ पुस १० गते टुटेको पाँच दलीय गठबन्धनको बैठक पनिय राख्ने तयारी भैरहेको बताइएको छ । त्यसअघि नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । 

हिजो काँग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका नेताहरुले काँग्रेस नेतृत्वसँग छलफल गरेका थिए भने त्यसअघि उपेन्द्र यादवले देउवालाई भेटेका थिए । हिजो साँझ बालुवाटारमा कांग्रेस नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि गठबन्धन ब्युँताउने अनौपचारिक सहमति बनेको बुझिएको छ ।

टिप्पणीहरू