प्रचण्ड–माधवको भेटघाट सकियो, अब जसपासहित बस्ने

प्रचण्ड–माधवको भेटघाट सकियो, अब जसपासहित बस्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको छलफल सकिएको छ । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठसहितको छलफल भर्खरै सकिएको हो । 

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको छलफलमा पुरानो पाँचदलीय गठबन्धन ब्युँताउनेबारे छलफल भएको बताइएको छ । तर, बैठकबाट निस्कनुभएका प्रधानमन्त्री प्रचण्डले त्यस्तो सहमति भइनसकेको र छलफल जारी रहेको प्रतिक्रिया दिनुभएको छ । 

अध्यक्ष नेपालले पनि विभिन्न विकल्पमा छलफल चलिरहेको तर निष्कर्षमा नपुगेको बताउनुभएको छ । तीन नेताबीचको छलफलले आजै माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक राख्ने सहमति जुटाएको बुझिएको छ । 

साँझ तत्कालीन पाँचदलीय गठबन्धनको बैठक बस्ने तयारी भइरहेकाले त्यसअघि तीन पार्टीको छुट्टै छलफल हुन लागेको हो ।

टिप्पणीहरू