कुदाकुदका बीच जनार्दन शर्मा फुत्त बालुवाटार
नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
तत्कालीन पाँच दलीय गठबन्धन जगाउन कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरुको कुदाकुद चलिरहेका बेला प्रधानमन्त्री भेट्न शर्मा आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । उनी झन्डै आधा घण्टा छलफल गरेर बालुवाटारबाट बाहिरिएका छन् ।
शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारमा अर्थमन्त्री रहेका शर्मा त्यतिबेलै गठबन्धन जोगाउन सक्रिय थिए । माओवादीभित्र महासचिव देव गुरुङ, अर्का उपमहासचिव वर्षमान पुनलगायतका नेताहरु वाम गठबन्धनका पक्षमा रहँदा शर्मा भने काँग्रेससँग सहकार्य गर्नुपर्ने पक्षमा उभिँदै आएका छन् ।
टिप्पणीहरू