प्रधानमन्त्रीसँग छलफल गर्न पूर्व प्रधानमन्त्रीद्वय डा.बाबुराम र माधव नेपाल बालुवाटारमा

प्रधानमन्त्रीसँग छलफल गर्न पूर्व प्रधानमन्त्रीद्वय डा.बाबुराम र माधव नेपाल बालुवाटारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दुई जना पूर्वप्रधानमन्त्रीबीच भेटघाट भएको छ । उहाँहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान सबेरै छुट्टाछुट्टै कुराकानी भएको हो ।

डा. बाबुराम भट्टराईसँग पहिले र त्यसपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको हो । डा. भट्टराईसँग बिहान ७ बजेदेखि झण्डै एक घण्टा कुराकानी गरेपछि त्यहाँ अध्यक्ष नेपाल पुग्नुभएको हो ।

अध्यक्ष नेपालसँग अहिले पनि कुराकानी भइरहेको बालवाटार स्रोतले बताएको छ । २५ गते हुने राष्ट्रपति निर्वाचनको निम्ति भोलि उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका छ । यसबीचमा भएका छलफल र कुराकानीपछि अध्यक्ष नेपाल एमालेको समर्थनमा सबैभन्दा धेरै चर्चामा रहेको उम्मेदवार बन्नुभएको छ ।

पहिले नेपाली काँग्रेसलाई समर्थन गर्ने वचन दिनुभएका प्रधानमन्त्रीले हिजोदेखि राष्ट्रपति निर्वाचनमा नेपाल उम्मेदवार बन्नुभएको अवस्थामा उहाँलाई समर्थन गर्ने संकेत गरेपछि राजनीतिक परिदृश्यमा नयाँ परिवर्तनको सम्भावना बढेको हो ।

आजै प्रधानमन्त्री दाहालले काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू