काँग्रेस नेताहरु पनि बालुवाटार पुगे, पुरानो गठबन्धनबीच छलफल शुरु

काँग्रेस नेताहरु पनि बालुवाटार पुगे, पुरानो गठबन्धनबीच छलफल शुरु

प्रधानमन्त्री निवास बालुवाटारमा अघिल्लो राजनीतिक दलहरुबीचको गठबन्धन बैठक शुरु भएको छ । राष्ट्रपतिको उम्मेदवार चयन गर्ने सम्बन्धमा चार वटा दलका शीर्ष नेताहरुबीच छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भइरहेको छ । 

वार्तामा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा, काँगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडल, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा पनि सहभागी छन् । 

यसअघि आजै बिहान प्रधानमन्त्रीले पहिले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र लगत्तै अध्यक्ष नेपालसँग छुट्टाछुट्टै ुकुराकानी गर्नुभएको थियो । ती सबै भेटमा राष्ट्रपतिको आगामी निर्वाचन र सहमतीय उम्मेदवारबारे छलफल भएको बताइएको छ । 

वार्तामा सहभागीहरुमध्ये अध्यक्ष नेपाल र वरिष्ठ नेता पौडेलको नाम सम्भावित उम्मेदवारको चर्चामा छ । त्यसैगरी जसपाले उपराष्ट्रपतिमा दाबी गर्दै आएको छ ।
 

टिप्पणीहरू