राजाको वकालत गर्ने रविन्द्र मिश्र राष्ट्रपतिबारे बाेल्दै

राजाको वकालत गर्ने रविन्द्र मिश्र राष्ट्रपतिबारे बाेल्दै

राप्रपाको पार्टी कार्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ । बिहान ११ बजे बोलाइएको बैठक दिउँसो १ बजे शुरु भएको हो ।

पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिंगदेनको अध्यक्षतामा बसेको बैठकमा मूलतः आगामी राष्ट्रपतीय निर्वाचन र उम्मेदवारबारे छलफल भइरहेको जनाइएको छ ।

बैठकमा पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, पूर्व गृहमन्त्री तथा पार्टी उपाध्यक्ष बुद्विमान तामाङ, अर्का पार्टी उपाध्यक्ष रविन्द्र मिश्र, सहरी विकासमन्त्री विक्रम पाण्डे, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री दिपकबहादुर सिंहलगायतको उपस्थिति छ ।

केही दिनअघि मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख बनाउनुपर्ने प्रस्ताव गरेका थिए । मुलुक निरन्तर कमजोर, बदनाम र संकटोन्मुख बन्दै गएको उल्लेख गर्दै उनले पूर्वराजा शाहलाई राष्ट्रप्रमुखका रुपमा अघि सार्नुपर्ने धारणा राखेका हुन् । 

सामाजिक सञ्जालमा स्टाटस् लेख्दै मिश्रले पूर्वराजालाई एकपटक ‘गल्ती’ सुधार्ने मौका दिनुपर्नेमा जोड दिएका थिए ।
 

टिप्पणीहरू