सबैलाई सिंहदरबार छिराउन संसदमा माग
प्रतिनिधि सभाका सांसद प्रकाश ज्वालाले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा सेवाग्राहीलाई गरिएको प्रवेशमा कडाइको अन्त्य गर्न माग गरेका छन् ।
सरकारले लाइनविहीन सेवाको सुरुवात गरेको भए पनि सिंहदरबार प्रवेशका लागि सेवाग्राही लाइनमा लाग्ने गरेको प्रसङ्ग कोट्याउँदै उनले जारी प्रतिनिधसभा बैठकमा सिंहदरबारभित्र सेवाग्राहीलाई निर्वाध प्रवेशको व्यवस्था गर्न रुलिङको माग गरेका हुन् ।
मन्त्रालयजति सबै सिंहदरबारभित्र राख्ने र सेवाग्राहीलाई प्रवेशमा कठाइले सुशासनको प्रत्याभूति नहुने भन्दै सांसद ज्वालाले असन्तुष्टी जनाएका छन् ।
टिप्पणीहरू