जसपाले बोलायो आकस्मिक बैठक
जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकेको छ । राष्ट्रपति निर्वाचनका सन्दर्भमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आकस्मिक बैठक बोलाइएको हो ।
पार्टीको केन्द्रीय कार्यालय, बालकुमारीमा आज बेलुका ६ बजेदेखि बैठक शुरु हुने प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताए । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई लिएर हाल भइरहेको राजनीतिक घटनाक्रमबारे विश्लेषण गर्न बैठक राखिएको उनको भनाइ छ ।
राष्ट्रपति निर्वाचनमा सहमतीय उम्मेदवार चयन गर्नेबारे छलफल गर्न आज बिहान वालुवाटारमा बसेको तत्कालीन पाँच दलीय गठबन्धनका चार पार्टीको बैठक बिना निष्कर्ष टुंगिएको थियो । आ–आफ्नो दलमा छलफल गरेर साँझ ५ बजे बस्नेगरी गठबन्धनका नेताहरु बैठकबाट उठेका थिए ।
जसपाले उपराष्ट्रपतिमा दाबी गर्दै आएको छ ।
टिप्पणीहरू