सरकारले संवैधानिक परिषदसम्बन्धी विधेयक हाउसमा टेबल गर्ने

सरकारले संवैधानिक परिषदसम्बन्धी विधेयक हाउसमा टेबल गर्ने

सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदमा पेस गर्ने भएको छ । 

हिजो बसेको क्याबिनेट बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ सम्बन्धी विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

साथै नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमाजेमि तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७८÷०७९ को बार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने पनि क्याबिनेट बैठकले निर्णय गरेको छ ।

टिप्पणीहरू