पुरानो गठबन्धन ब्युँताउन बसेको बैठकमा आठ दल सहभागी, काँग्रेसको राष्ट्रपति बनाउने सहमति
राष्ट्रपति निर्वाचनमा सहमतीय उम्मेदवार चयन गर्नेबारे छलफल गर्न बसेको तत्कालीन पाँच दलीय गठबन्धनको बैठकमा अरु तीन दल पनि थपिएका छन् । बैठकले आगामी निर्वाचनमा काँग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको बताइएको छ ।
बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले काँग्रेसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने निर्णय गरेको जानकारी दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पुस १० अघि यौटै गठबन्धनमा रहेका नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका शीर्ष नेता सहभागी थिए ।
राष्ट्रपति निर्वाचनको विषयमा साझा सहमति जुटाउने भनिएको बैठकमा सत्तारुढ दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका नेताको भने सहभागिता थिएन ।
टिप्पणीहरू