राष्ट्रपति उम्मेदवारको मनोनयन खुल्यो
फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम छ । संसद् भवन परिसर, नयाँ बानेश्वरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्नेछन् ।
राष्ट्रपतिको उम्मेदवार बन्न पाँच जना प्रस्तावक र त्यति नै संख्यामा समर्थक हुनुपर्छ । राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य मतदाता हुन्छन् ।
राष्ट्रपतिको उम्मेदवार हुन ४५ वर्ष उमेर पूरा भएको, कुनै पनि कानुनले अयोग्य नभएको व्यक्ति हुनुपर्छ ।
टिप्पणीहरू