काँग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उठाउने
नेपाली काँग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको पार्टीको कार्य सम्पादन समिति बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम राष्ट्रपतिमा छनौट गरेको हो ।
पौडेलबाहेका नेता कृष्णप्रसाद सिटौलाले पनि राष्ट्रपतिमा दाबी गर्दै आएका थिए । हिजो राति बालुवाटारमा काँग्रेस, माओवादीसहित ८ राजनीतिक दलले काँग्रेसको उम्मेदवारलाई सहयोग गर्ने सहमति गरेका थिए ।
टिप्पणीहरू