यी हुन् काँग्रेसले राष्ट्रपतिको उम्मेदवार चयनसँगै गरेका पाँच निर्णय

यी हुन् काँग्रेसले राष्ट्रपतिको उम्मेदवार चयनसँगै गरेका पाँच निर्णय

नेपाली काँग्रेस कार्य सम्पादन समितिको आज बसेको बैठकले राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम चयन गरेको छ । उक्त नाम चयनसँगै बैठकले अन्य चार वटा निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।

जसअनुसार नेपाली काँग्रेसको उमेदवारलाई विजयी गराउन सम्पूर्र्ण मतदातालाई अनुरोध गर्ने र चितवन क्षेत्र नम्बर २ मा हुने उप निर्वाचनको निम्ति निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि आजैको निर्णयमा उल्लेख छ ।

त्यसैगरी चितवनमा हुने उप निर्वाचनका उम्मेदवारलाई पार्टीको औपचारिक पत्र प्रदान गर्ने र उप निर्वाचनको सम्पूर्ण प्रक्रिया पुर्याउन पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मा दिइएको पनि महतले जानकारी दिएका छन् ।
 

टिप्पणीहरू