राष्ट्रपति निर्वाचनमा सुवास नेम्वाङलाई उठाउने तर सरकारबाट नहट्ने एमाले निर्णय
नेकपा एमालेले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा पार्टी उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी सचिवालय बैठकले गरेको निर्णयानुसार नेम्वाङले आज उम्मेदवारी दिनुुहुनेछ ।
त्यसैगरी बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय पनि गरिएको छ । गत पुस १० गते माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको सहमति कार्यान्वयनको पहल गर्ने निर्णय समेत गरेको छ ।
साथै, एमालेले नेपाली काँग्रेसबाहेक अन्य सबै दलसँग आफ्ना उम्मेदवारलाई मत माग्न पत्राचार गर्ने समेत निर्णय गरेको छ ।
टिप्पणीहरू