एमाले अध्यक्षलाई ‘हजुबा’ सम्बोधन गर्ने ‘मार्सी’ पार्टीबाट हटाइए

एमाले अध्यक्षलाई ‘हजुबा’ सम्बोधन गर्ने ‘मार्सी’ पार्टीबाट हटाइए

नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईं उर्फ ‘मार्सी’ लाई पार्टीबाट निस्कासित गरेको छ । आज बसेको पार्टी सचिवालय बैठकले मेडिकल बिचौलियाको रुपमा परिचित प्रसाईंलाई सबै जिम्मेवारीबाट हटाउँदै निस्कासन गर्ने निर्णय गरेको हो । 

प्रसाईंले अघिल्लो साता एमाले परित्यागको घोषणा गरेका थिए । राजा फर्काउने अभियानमा लागेसँगै एमालेले कारवाही प्रक्रिया थालेपछि उनले त्यसअगावै पार्टी छाडेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका अति विश्वासपात्र प्रसाईंले फागुन १ गते पूर्वराजा र राजपरिवारका सदस्यहरुलाई झापाको काकडभिट्टा पुर्याएर राजतन्त्र फर्काउने महाअभियानको घोषणा गरेका थिए । त्यसपछि उनलाई कारबाही गर्न एमालेको प्रदेश कमिटीले सिफारिस गरेको हो । 

अध्यक्ष ओलीलाई खुशी तुल्याएकाले विगतमा एमाले प्रवेश गरेलगत्तै केन्द्रीय सदस्य बनेका प्रसाईं गत निर्वाचनमा टिकटको दाबेदार थिए । एमालेका अधिकांश कार्यकर्ताले अध्यक्ष ओलीलाई ‘बा’ सम्बोधन गर्दा उनले भने ‘हजुरबा’ भन्दै आएका थिए ।

टिप्पणीहरू