राप्रपाका मन्त्रीहरुको राजीनामा प्रधानमन्त्रीको हातमा
राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले राजीनामा दिएका छन् । पार्टीको तर्फबाट सरकारमा रहेका चारै जना मन्त्रीले केहीबेरअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।
राप्रपाको तर्फबाट सरकारमा रहेका उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले पदबाट राजीनामा दिएका छन् ।
उनीहरु सबैले बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई राजीनामा पत्र बुझाएका हुन् ।
टिप्पणीहरू