त्रिभुवन विमानस्थलमा ओर्लने बितिक्कै झलनाथ खनालले बोल्ने

त्रिभुवन विमानस्थलमा ओर्लने बितिक्कै झलनाथ खनालले बोल्ने

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग छलफल गर्ने हुनुभएको छ । नेता खनाल आज साँझ बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं फर्कंदै हुनुहुन्छ । 

उहाँ ढाकामा आयोजत ‘मानव अधिकार सम्मेलन–२०२३’ लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गरेर आउन लाग्नुभएको हो । खनालको सचिवालयका अनुसार आज साँझ पौने ६ बजे विमानस्थलमा ओर्लने बितिक्कै उहाँले समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा धारणा राख्नुहुने छ ।

टिप्पणीहरू