काँग्रेसका रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता

काँग्रेसका रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेका छन् । पौडेलले भर्खरै उम्मेदवारी दर्ता गराएका हुन् । नयाँ बानेश्वरस्थित संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरिएको हो ।

पौडेलको प्रस्तावकमा सभापति तथा सांसद शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष तथा सांसद माधवकुमार नेपाल, माओवादी वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, जसपाका सांसद अशोककुमार राई र जनमतका अब्दुल खान छन् । 

उनको समर्थकमा लोसपा अध्यक्ष तथा सांसद महन्थ ठाकुर, काँग्रेस उपसभापति तथा सांसद पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र माओवादी प्रमुख सचेतक हितराज पाण्डे छन् ।

पौडेलसँगै निर्वाचन अधिकृतको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि जानुभएको थियो ।
 

टिप्पणीहरू