राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

आज राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिँउसो १ बजेदेखि बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ । 

त्यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति दिलकुमारी रावल थापा (पार्वती) ले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५–७६, ०७६–७७ र ०७७–७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन मूल्याङ्कन प्रतिवेदन, २०७९’ सभासमक्ष पेश गर्नेछिन् । 

राष्ट्रिय सभाअन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने कार्यसूचीसमेत तय भएको छ ।

टिप्पणीहरू