परराष्ट्रमन्त्री जेनेभापछि दोहाको कार्यक्रममा सहभागी हुने

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल आज स्वीट्जरल्याण्डको जनेभा प्रस्थान गर्दै हुनुहुन्छ । उहाँ राष्ट्र संघीय मानव अधिकार परिषद्को ५० औं सत्रमा भाग लिन त्यसतर्फ जान लाग्नुभएको हो ।

मन्त्री पौड्याल स्वदेश फर्कने क्रममा कतारको राजधानी दोहामा आयोजना हुन लागेको अतिकम विकसित मुलुकहरुको सम्मेलनमा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी शुक्रबार सोही कार्यक्रममा सहभागी हुन दोहा प्रस्थान गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्रीको टोलीमा सम्मिलित हुने परराष्ट्रमन्त्री पौड्यालसहितको प्रतिनिधिमण्डल फागुन २२ गते काठमाडौं फर्कने जानकारी दिइएको छ ।
 

टिप्पणीहरू