राष्ट्रपतिका दुबै उम्मेदवारविरुद्ध उजुरी परेन

राष्ट्रपतिका दुबै उम्मेदवारविरुद्ध उजुरी परेन

राष्ट्रपति पदका लागि हिजो मनोनयन दर्ता भएको दुबै उम्मेदवारीविरुद्ध उजुरी परेको छैन । निर्वाचन आयोगले दावी बिरोधको सूचनाका लागि दिएको आज दिउँसो २ बजेसम्मको समयमा कुनै पनि उजुरी नपरेको हो ।   

निर्वाचन कार्यक्रमअन्तर्गत आज बिहान १० देखि दिउँसो २ बजेसम्म उम्मेदवारीउपर दाबी बिरोधमा उजुरी दिन समय तोकिएको थियो । तर, उक्त समयभित्र कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवास नेम्वाङले हिजो उम्मेदवारी मनोनयन दर्ता गरेका थिए । पौडेललाई माओवादी केन्द्रसहित आठ दलको समर्थन छ भने नेम्वाङ एमालेका उम्मेदवार हुन् ।
 

टिप्पणीहरू