राप्रपा निस्केपछि खाली भएका सबै मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

राप्रपा निस्केपछि खाली भएका सबै मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार छोडेपछि रिक्त रहेका तीन वटा मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने गरि तोकिएको छ । 

राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै ऊर्जा, शहरी विकास तथा कानून मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने जनाएको छ । राप्रपाका मन्त्रीहरुले हिजो प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए । 

राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री थिए भने विक्रम पाण्डे शहरी विकास र ध्रुवबहादुर प्रधान कानून न्याय तथा संसदीय मामिला मन्त्री थिए । त्यस्तै दीपक बहादुर सिंह ऊर्जा राज्यमन्त्री थिए । 

राष्ट्रपति निर्वाचनको सन्दर्भमा सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रसहितको अर्को गठबन्धन बनेपछि राप्रपाले सरकार छोडेको हो । उसले सरकारलाई दिएको समर्थनसमेत झिकेको छ ।


 

टिप्पणीहरू