बालुवाटारमा जुटे आठ दलका शीर्ष नेता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ८ दलीय गठबन्धनको बैठक बालुवाटारमा शुरु भएको छ । राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने सहमति गरेका दलहरुको उपस्थिति बैठक बसेको हो ।
बैठकमा नेकपा माओवादी केन्द्रसहित, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेता सहभागी छन् ।
गत शुक्रबार प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेसँगको सहकार्य छोडेर काँग्रेससहितका दलहरुको गठबन्धन बनाउने निर्णय गर्नुभएको थियो । शनिबार गठबन्धनको साझा उम्मेदवारको रुपमा काँग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा मनोनयन दर्ता गरेका छन् ।
जारी बैठकमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन पहल गर्ने, एमालेले लेखेको पत्रलगायत समसामायिक विषयमा छलफल भैरहेको बताइएको छ ।
टिप्पणीहरू