परराष्ट्रमन्त्री निस्केपछि बालकोटमा दुई पोखरेलसँग दुई घण्टा वार्ता

परराष्ट्रमन्त्री निस्केपछि बालकोटमा दुई पोखरेलसँग दुई घण्टा वार्ता

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज साँझ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलसहित छलफल भएको छ । उहाँहरुबीच साँझ साढे ६ बजेदेखि दुई घण्टा कुराकानी भएको हो ।

त्यसअघि परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले अध्यक्ष ओलीसँग डेढ घण्टा कुराकानी गर्नुभएको थियो । जेनेभा उड्न ठिक्क परेको अवस्थामा बालुवाटारबाट भ्रमण रद्ध गर्न निर्देशन दिइएपछि मन्त्री पौडेल बालकोट पुग्नुभएको हो ।

टिप्पणीहरू