राष्ट्रिय स्वतन्त्र पार्टीको हिजो स्थगित बैठक अहिले बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको हिजो स्थगित बैठक अहिले बस्दै

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठक आज पनि बोलाएको छ । हिजोको बैठकमा कुनै निर्णय हुन नसकेपछि आज बिहान ११ बजे डाकिएको बताइएको छ ।

राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने विषय आज निर्णय हुने जनाइएको छ । ‘अहिलेसम्म कसलाई समर्थन गर्ने भनेर निर्णय लिइएको छैन । दुबैतिर छलफल चलिरहेको छ,’ नेता दीपक बोहराले भने, ‘राष्ट्रपति निर्वाचन र पार्टीको आगामी योजनाबारे छलफल गर्न आज बिहान पनि बैठक बस्दैछ ।’
 

टिप्पणीहरू