किरात राईद्वारा किरात प्रदेश नामाकरणको माग

किरात राईद्वारा किरात प्रदेश नामाकरणको माग

१ नम्बर प्रदेशलाई किरात प्रदेश नामाकरण गर्नुपर्ने माग राख्दै किरात राई यायोक्खाले प्रदेश सभाका सभामुखलाई ज्ञापनपत्र बुझाएको छ ।  

प्रदेशका मुख्यमन्त्री, प्रदेश सभामा संसदीय दलका नेताहरू, प्रदेश सभा सदस्यहरूलाईसमेत ध्यानाकर्षण गराइएको यायोक्खाले जनाएको छ । 

किरात राई यायोक्खाका सहअध्यक्ष ज्ञानबहादुर राइको नेतृत्वमा उपाध्यक्ष तिलक राई, महासचिव भिमराज राई, सचिव नगेसचन्द्र राई, सह कोषाध्यक्ष छिला राई, किराया महानगर कार्यसमिति विराटनगरका सचिव कुन्ता राईको टोलीले ज्ञापन पत्र बुझाएको हो ।

यसअघि पनि यायोक्खाले पटक पटक किरात प्रदेशको माग गर्दै ज्ञापनपत्र सँगै धर्ना र आन्दोलन गरेको थियो ।
 

टिप्पणीहरू