मनमोहक देखियो हिउँदमा ल्हासा

गत शुक्रबार हिमपात भएपछि चीनको तिब्बत स्वायत्त प्रदेशको राजधानी ल्हासा निकै आकर्षक देखिएको छ । विश्वको अग्लो भूभागमा रहेको शहर तिब्बतको सौन्दर्यमा हिउँदको हिमपातले झन् कान्ति थपेको छ । 

पछिल्लो हिमपातपछि वरिपरिका डाँडाकाँडा सबै सेताम्मे भएका छन् । शहरको सबैभन्दा आकर्षक र बौद्ध धर्मावलम्बीहरुको आस्थाको थलो पोताला दरबारसमेत पृष्ठभूमिको हिउँले चित्ताकर्षक देखिएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

चीनको दक्षिण पश्चिम भाग र हिमालय पर्वतमालाको उत्तरतर्फ रहेको ल्हासामा पछिल्लो साताको तापक्रम रातमा औसतमा माइनस ८ र दिउँसो शुन्यदेखि २ डिग्री सेल्सियस थियो । यो वर्ष अन्यत्रझैँ ल्हासामा पनि हिमपात केही समय ढिलो भएको हो ।
 

टिप्पणीहरू