काँग्रेस संसदीय दलको कार्यालयमा प्रशिक्षण, योजना आयोगका पूर्व उपाध्यक्ष प्रशिक्षक
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्वनाथ पौडेलको टोली नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा पुगेको छ । पौडेललगायतले संसदमा प्रस्तुत अनुगमन तथा मूल्याङ्कन विधेयक २०७८ बारे काँग्रेस नेता तथा सांसदहरुलाई आवश्यक जानकारी गराउन लागेका हुन् ।
कानुनविद् तथा पूर्व सांसद राधेश्याम अधिकारीसमेत सामेल टोलीले काँग्रेस सांसदहरुलाई उक्त विधेयकका सम्बन्धमा आवश्यक प्रशिक्षण दिन लागेको बताइन्छ ।
प्रशिक्षणमा काँग्रेस नेता तथा सांसद डा. सशांक कोइराला, राजन केसी, रमेश लेखक, सरस्वती बजिमयलगायत झण्डै दुई दर्जन सांसदको सहभागिता रहेको जानकारी दिइएको छ ।
टिप्पणीहरू