राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह फेरियो
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिन्ह परिवर्तन भएको छ । यसअघि ‘गोलाकारभित्र घण्टी’ रहेको रास्वपाको चुनाव चिन्हलाई परिवर्तन गरेर 'घण्टी' मात्रै बनाइएको हो ।
पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार निर्वाचन चिन्ह परिमार्जित भएको रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले बताए । आँउदो वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने क्रममा रास्वपाले चुनाव चिन्ह फेरबदल गर्न निर्वाचन आयोगमा प्रस्ताव पेश गरेको थियो ।
‘निर्वाचन आयोगमा पेश गरेको पार्टीको विधानले अनुसूची २ मा रहेको साविक चुनाव चिन्हसम्बन्धी व्यवस्थामा परिवर्तन गर्न पेश गरेको संशोधन प्रस्तावलाई आयोगको मिति २०७९–११–१५ को बैठकले स्वीकृत गरेसंगै अब पार्टीको चुनाव चिन्ह ‘घण्टी’ कायम भएको जानकारी सम्बन्धित सबै सरोकारवालाहरुलाई छ’, आज जारी विज्ञप्तिमा भनिएको छ ।
पार्टी गठन गरेको छोटो समयमै रास्वपाको घन्टीमा ११ लाख बढी लोकप्रिय मत खसेको थियो ।
टिप्पणीहरू