रात छिप्पेपछि ‘कोसी’ मा परिणत, उज्यालो भएपछि सार्वजनिक बिदा

रात छिप्पेपछि ‘कोसी’ मा परिणत, उज्यालो भएपछि सार्वजनिक बिदा

प्रदेश १ को नाम ‘कोसी’ राख्ने प्रस्ताव प्रदेश सभाको बैठकमा बहुमतले पारित भएको छ । हिजो बसेको प्रदेश सभाको बैठकमा नेकपा एमाले र नेपाली काँग्रेसले प्रदेश १ को नाम कोसी राख्न गरेको प्रस्तावको पक्षमा ८२ र विपक्षमा ४ मत परेको हो ।

प्रदेश सभाको हिजो दिनभर बसेको बैठकले राति अबेर कोसी प्रदेश नामाकरण गर्ने निर्णय गरेको हो ।

सोही उपलक्ष्यमा आज प्रदेशभर सार्वजनिक बिदा घोषणा गरिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले हिजो राति सार्वजनिक गरेको सूचनामा प्रदेशबासीहरुमा बधाई साटासाट गर्न आज बिदा दिइएको उल्लेख छ ।

टिप्पणीहरू