धनगढीमा विश्वासको मतको चहलपहल, माओवादी अझै मौन

धनगढीमा विश्वासको मतको चहलपहल, माओवादी अझै मौन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत हुने जनाइएको छ ।

यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले ३० दिनभित्र विश्वासको मत लिन नसकेपछि शाह नियुक्त भएका हुन् । शाहले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आज विश्वासको मत लिन लागेका हुन् । उनी रावल पदमुक्त भएकै दिन माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार आज सोको तयारी गरिएको हो ।

गठबन्धनमा रहेका अन्य दल शाहलाई विश्वासको मत दिन तयार भए पनि माओवादीले अझै मुख खोलेको छैन । उसले मन्त्रालय र अन्य नियुक्ति बाँडफाँडमा विशेष स्थान खोजेको बताइन्छ । साढे २ वर्षपछि आफूले मुख्यमन्त्री पाउनुपर्ने माओवादी अडान रहेको स्रोतको दाबी छ । काँग्रेस, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले भने शाहलाई विश्वासको मत दिने निश्चित छ ।

टिप्पणीहरू