प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता

जनयुद्धकालीन मुद्दामा विपक्षी बनाएर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । 

२८ जनाले संयुक्त रुपमा दिएको रिट निवेदन यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो । तर, रिट दर्ता गर्न माग गर्दै निवेदकले पुनः अर्को रिट हालेपछि न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले रिट दर्ता गर्न आदेश जारी गरेको थियो । त्यसपछि आज उक्त रिट दर्ता गरिएको हो ।

१० वर्षे जनयुद्धका सुप्रिमोसमेत रहेका प्रधानमन्त्री प्रचण्डको तीन वर्ष पुरानो अभिव्यक्तिलाई आधार मान्दै सर्वोच्च अदालतले फौजदारी मुद्दा दर्ता गरेपछि राष्ट्रिय राजनीति तरंगित भएको छ । आफूलाई १७ हजारको हत्याराको रुपमा सार्वजनिक टिप्पणी भएपछि तीन वर्षअघि काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले जनयुद्धमा त्यतिबेलाको राज्यपक्षबाट १२ हजारभन्दा बढी मानिस मारिएको भन्दै माओवादीबाट भएको क्षतिको जिम्मा आफूले लिने बताउनुभएको थियो ।  

अहिले तीन वर्षपछि त्यहि अभिव्यक्तिलाई आधार बनाएर मुद्दा दर्ता गर्न लागेपछि विभिन्न समयमा विभाजित भएका माओवादीहरु एक ठाउँमा जुटेका छन् ।

टिप्पणीहरू