राष्ट्रपति चुनावअघि क्याबिनेट बैठक,बैठकअघि प्रधानमन्त्री र माओवादी महासचिवको भेट

राष्ट्रपति चुनावअघि क्याबिनेट बैठक,बैठकअघि प्रधानमन्त्री र माओवादी महासचिवको भेट

अबको एक घण्टापछि राष्ट्रपतिको चुनाव हुँदैछ । संसद भवन नयाँ बानेश्वरमा कायम रहेको मतदान केन्द्रमा संघीय संसद र प्रदेश सभाका सांसदहरुले मतदान गर्दैछन् । राष्ट्रपति उम्मेदवारमा सरकार निकट आठ दलले काँग्रेस वरिष्ठ नेतासमेत रहेका रामचन्द्र पौडेललाई समर्थन गरेका छन् भने एमालेको तर्फबाट उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । 

यसैबीच सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पौने ९ बजेदेखि बैठक शुरु भएको बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, सञ्चारमन्त्री रेखा शर्मा, पर्यटनमन्त्री सुदन किराँती, खानेपानीमन्त्री अब्दुल खानको उपस्थिति छ । मुख्यसचिव शंकरदास बैरागी पनि बैठकमा सहभागी हुनुहुन्छ । 

यसअघि सिंहदरबारमा प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रका महासचिव देव गुरुङबीच संक्षिप्त भेटवार्ता भएको छ । उहाँहरुबीच १५ मीनेट कुराकानी भएको माओवादी स्रोतले बताएको छ ।
 

टिप्पणीहरू