राष्ट्रपति निर्वाचनका वीच राजसंस्था पुनर्स्थापनानिम्ति जुलुस ?

राष्ट्रपति निर्वाचनका वीच राजसंस्था पुनर्स्थापनानिम्ति जुलुस ?

अबको एक घण्टापछि मुलुकको तेस्रो राष्ट्रपतिको चुनाव हुँदैछ । संसद भवन नयाँ बानेश्वरस्थित मतदान केन्द्रमा संघीय संसद र प्रदेश सभाका सांसदहरुले मतदान गर्दैछन् । मतदान समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ ।

तर,त्यही समय माइतीघरमा राष्ट्रपतीय संस्थाको खारेजी र राजसंस्था पुनर्स्थापनाको मागसहित प्रदर्शन गर्न लागिएको छ । कार्यक्रम साढे १० बजेदेखि दिनभर हुने जनाइएको छ ।

यता दुर्गा प्रसाईंले आज बिहान पत्रकार सम्मेलन डाकेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान २०७९ का संयोजक प्रसाईंले बिहान ९ बजे महाअभियानको कार्यालय, कोटेश्वरमा पत्रकार सम्मेलन राखेको उनका स्वकीय सचिव विनय जंग थापाले जानकारी दिएका छन् ।
 

टिप्पणीहरू