एकैछिनमा जसपा र लोसपाको बैठक, राष्ट्रपतिपछि उपराष्ट्रपतिमा प्रवेश
राष्ट्रपति निर्वाचनमा गरिने मतदानबारे छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालले बैठक डाकेका छन् । १० बजेदेखि दिउँसो ३ बजेसम्म हुन लागेको मतदानमा उम्मेदवार रहेका रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङमध्ये एक जनालाई मतदान गर्नेबारे निर्णय गर्न उनीहरुले बैठक राखेको बताइएको छ ।
लोसपाको बैठक पार्टी कार्यालय,बबरमहलमा बिहान ८ बजेदेखि भइरहेको छ । जनता समाजवादी पार्टीको बैठक पनि पार्टी कार्यालय, बालकुमारीमा बिहान ९ बजेदेखि बसिरहेको छ । यसैबीच जसपाले दिउँसो ३ बजेपछि उपराष्ट्रपति पदको उमेदवारबारे छलफल गर्ने भएको छ । उक्त विषयमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकिएको बताइएको छ ।
टिप्पणीहरू