क्याबिनेटका दुई निर्णय : विधेयक दर्ता गर्ने, तरकारीको विषादी परीक्षण गराउने

क्याबिनेटका दुई निर्णय : विधेयक दर्ता गर्ने, तरकारीको विषादी परीक्षण गराउने

केही बेरअघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठक दुईवटा निर्णय गरेर सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षताका बसेको बैठकले सत्य निरूषण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको छ ।

त्यसैगरी विदेशबाट आयात गरिने फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण गर्ने बैठकको निर्णय छ । निर्णयमा त्यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाउने र यथाशीघ्र क्याबिनेटमा पेश गर्न लगाउने उल्लेख छ ।

 

टिप्पणीहरू