प्रधानमन्त्री प्रचण्ड विरुद्धको मुद्दा विश्वम्भर श्रीमानको इजलासमा

प्रधानमन्त्री प्रचण्ड विरुद्धको मुद्दा विश्वम्भर श्रीमानको इजलासमा

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अस्ति दर्ता भएको मुद्दाको पेसी न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा तोकिएको छ ।

माओवादी द्वन्द्वपीडितका तर्फबाट अधिवक्ता ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीले अस्ति मंगलबार दुई वटा रिट दर्ता गराएका थिए । सर्वोच्चले सोही दिन प्रधानमन्त्री दाहाललाई आज बिहान १० बजे अदालतमा उपस्थित हुन भनेको थियो । सोही मुद्दा आज इजलास नम्बर १ मा परेको छ । मुद्दाको क्रमसंख्या चौथो नम्बरमा छ ।

प्रचण्डले पाँच वर्षअघि काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा माओवादी द्वन्द्वकालमा मारिएका १७ हजार नागरिकमध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएका थिए । उनको उक्त धारणालाई आधार बनाएर प्रचलित कानुनबमोजिम पक्राउ गरेर सजाय तोक्न माग गर्दै आरण र बुढाथोकीले रिट दर्ता गरेका हुन् ।

टिप्पणीहरू