मार्सीको नयाँ अभियान : चैत २४ गतेदेखि जग्गा पास नगर्ने,कर पनि नतिर्ने

मार्सीको नयाँ अभियान : चैत २४ गतेदेखि जग्गा पास नगर्ने,कर पनि नतिर्ने

राष्ट्र,राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान २०७९ का संयोजक दुर्गा प्रसाईंले माइतीघरमा राष्ट्रपतीय संस्थाविरुध्द जुलुस निकाल्नुअघि आज बिहान कोटेश्वरमा पत्रकार सम्मेलन गरेका छन् । महाअभियानको कार्यालयमा गरिएको सम्मेलनमा प्रसाईंले आगामी कार्यक्रम भन्दै सर्वसाधारणलाई कर नतिर्न र मालपोतमा गएर जग्गा पास नगर्न आह्वान गरेका छन् । 

प्रसाईंले अबदेखि प्रत्येक शनिबार दिउँसो १ बजे मध्यम वर्गका व्यवसायी,यातायात व्यवसायी, घरधनी,सुकुम्बासी,फुटपाथमा व्यापार गर्ने व्यवसायी र सर्वसाधारणलाई डाकेर माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म प्रदर्शन तथा अन्त्यमा कोण सभा गर्ने बताएका छन् ।

त्यसैगरी चैत्र १ गतेदेखि चैत्र १९ गतेसम्म हेटौंडा, पोखरा, जनकपुर, लाहान, वीरगञ्ज, दार्चुला, बैतडी, महेन्द्रनगर, इटहरी, विराटनगर, धरान र दमकमा सामन्तीविरुद्धको आमसभा र कोणसभा गरिरहने जनाइएको छ । चैत्र २४ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द गर्ने उल्लेख गर्दै उनले भने, ‘व्यापारीहरुले पसल बन्द गर्नेछन्, राँके जुलुस निकाल्नेछन्, कर तिर्दैनन् र  मालपोतमा जग्गा पास पनि गरिनेछैन ।’

टिप्पणीहरू