सांसदहरु लाइनमा, शीर्ष नेताले भोट खसाले

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित राजनीतिक दलका शीर्ष नेताहरुले राष्ट्रपति निर्वाचनमा मतदान गरेका छन् । 

 बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भैरहेको मतदान प्रक्रियामा प्रधानमन्त्री प्रचण्डले भर्खरै सहभागिता जनाउनुभएको छ । त्यस्तै, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि मतदान गर्नुभएको छ ।

अहिले राजनीतिक दलका बरिष्ठ नेतादेखि सांसदहरु मतदानका लागि लाइनवद्ध भएर उभिएका छन् । बिहान १० बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।   

नयाँ राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनका तर्फबाट कांग्रेस बरिष्ठ रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

टिप्पणीहरू