रामचन्द्र पौडेल राष्ट्रपतिको रुपमा शीतल निवास प्रवेश
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । भर्खरै शीतल निवासमा सम्पन्न विशेष समारोहमा राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायधिश हरिकृष्ण कार्कीले शपथ गराउनुभएको हो ।
उहाँलाई अहिले समारोहमा उपस्थित उच्च पदस्थ सरकारी अधिकारी, नेपालस्थित विदेशी कुटनीतिक निगोगका प्रमुख तथा प्रतिनिधिहरुले बधाई र शुभकामना दिइरहनुभएको छ । पौडेल फागुन २५ गते भएको राष्ट्रपतीय निर्वाचनमा ३३ हजार ८०२ मतभार ल्याएर मुलुकको तेस्रो राष्ट्रपति बन्नुभएको हो ।
टिप्पणीहरू