प्रधानमन्त्री र मुख्यमन्त्रीले आगामी साता विश्वासको मत लिने

प्रधानमन्त्री र मुख्यमन्त्रीले आगामी साता विश्वासको मत लिने

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आगामी साता विश्वासको मत लिने तयारी गर्नुभएको छ । यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि आगामी साताभित्र विश्वासको मत लिने तयारी हुँदैछ । 

मुख्यमन्त्री जम्मकट्टेलले आगामी बुधबार विश्वासको मत लिन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । सोही प्रयोजनको निम्ति प्रदेशसभा सचिवालयले चैत ८ गने दिउँसो ३ बजे बैठक बोलाएको छ । 

यता प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई राप्रपा र एमालेले क्रमशः फागुन १३ र १५ गते समर्थन फिर्ता लिएका थिए । उता हेटौंडामा पनि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ । 

बागमती प्रदेश सरकारको वर्तमान क्याबिनेटमा माओवादी केन्द्र र एमालेका मन्त्री छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा पनि माओवादी र जनमत पार्टीका मन्त्री मात्रै छन् ।

संघीय सरकारको बारेमा नेपाली काँग्रेसले भोलि उपराष्ट्रपतिको निर्वाचनपछि सरकारमा सहभागी हुने धारणा बनाएको बुझिएको छ । प्रधानमन्त्रीले आगामी सोमबार वा मंगलबार विश्वासको मत  लिने बताइएको छ ।

टिप्पणीहरू