रामसहाय उपराष्ट्रपतिमा निर्वाचित, अष्टलक्ष्मी शाक्यलाई १६,३२८ मत
सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जसपाका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ ।
आज भएको निर्वाचनमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै यादव उपराष्ट्रपति निर्वाचित हुनुभएको हो । भर्खरै सम्पन्न मतगणनामा यादव ३० हजार ३२८ मतभार पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नयाँ बानेश्वरस्थित संघिय संसद भवनमा १५:४० बजेदेखि १६:४० बजेसम्म उपराष्ट्रपति निर्वाचनकाे मतगणना सम्पन्न भएकाे मतपरिणाम अनुसार:-
१. रामसहाय प्रसाद यादव
संघ - १८४ ×७९= १४,५३६
प्रदेश - ३२९ ×४८= १५,७९२
२. अष्टलक्ष्मी शाक्य
संघ - १०४ ×७९= ८,२१६
प्रदेश- १६९ ×४८= ८,११२
जम्मा - १६,३२८
३. ममता झा
संघ - २३ ×७९= १,८१७
प्रदेश- १५ ×४८= ७२०
जम्मा - २५३७
४. प्रमिला कुमारी
संघ - ०×७९=
प्रदेश- १ ×४८= ४८
नाेट:-निर्वाचन अधिकृतकाे कार्यालयले औपचारिक रूपमा जानकारी गराउन बाँकी रहेकाे ।
टिप्पणीहरू