काँग्रेस बैठक साढे १० बजेदेखि,संसदको १ बजेदेखि

काँग्रेस बैठक साढे १० बजेदेखि,संसदको १ बजेदेखि

नेपाली काँग्रेसले संसदीय दलको बैठक डाकेको छ । संसद भवनको ल्होत्से हलमा दिउँसो १२ बजेलाई बैठक राखिएको बताइएको छ ।

काँग्रेसले आजै पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ । उक्त बैठक पनि संसद भवनको शंकर हलमा बिहान साढे १० बजे राखिएको  छ । 

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे डाकिएको छ । बैठकमा प्रधानमन्त्री तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेश गर्ने सम्भावित कार्यसूची छ ।

आजै उहाँले संवैधानिक परिषद् (काम,कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ समेत पेश गर्नुहुनेछ । 

राप्रपा सांसद ज्ञानबहादुर शाही र नेमकिपाका प्रेम सुवालले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि विरोध दर्ता गराइसक्नुभएको छ ।

टिप्पणीहरू