रवि लामिछाने विरुद्धको मुद्दा स्थगित

रवि लामिछाने विरुद्धको मुद्दा स्थगित

सर्वोच्च अदलतलको आजको ४ नम्बर इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो राहदानी प्रकरणसँग सम्बन्धित रिट हेर्न नमिल्ने भनेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले उक्त रिट हेर्न नमिल्ने भन्दै स्थगित गरेको छ । उहाँले यसअघि संवैधानिक इजलासमा लामिछानेको नागरिकता विवादमा फैसला सुनाएकाले हेर्न नमिल्ने भएको हो ।

लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा अघि नबढाउने भन्दै महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले गरेको यसअघिको निर्णय बदर गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट परेको हो । मुद्दा अधिवक्ता युवराज पौडेल ‘सफल’ ले दायर गरेका हुन् ।

उनले आफ्नो रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा चैत ६ गतेको निर्णयपछि उन्मुक्ति दिइएको उल्लेख गरेका छन् । महान्यायाधिवक्ताको उक्त निर्णय बदर गर्न सफलले माग गरेका छन् ।

अदालतले गत माघमा दिएको आदेशमा लामिछानेले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख छ । उक्त फैसलापछि लामिछानेको सांसद, मन्त्री, सभापति र संसदीय दलको नेताको पद गुमेको थियो ।

टिप्पणीहरू