काठमाडौं विमानस्थलको कार्गो भवन नजिकै झडपको स्थिति

काठमाडौं महानगरपालिकाले तीनकुनेको गैरीगाउँस्थित बाग्मती किनारमा रहेका अनधिकृत घरटहरा हटाउन खोजेपछि तनाव उत्पन्न भएको छ । महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली डोजर लिएर त्यहाँ पुगेपछि सुकुम्बासीहरुले टायर बालेर सडक अवरोध गरेका हुन् । 

टोलीमा एक सय नगरप्रहरी र झण्डै एक सय ३० जना नेपाल प्रहरीका छन् । त्यस्तै, सशस्त्र प्रहरीको प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोष भट्टको कमाण्डमा पाँच दर्जन जनशक्ति पनि त्यहाँ खटाइएको छ । 

बस्ती हटाउने सूचना पाइसकेका सुकुम्बासीहरुले चर्को नाराबाजी गरिरहेका छन् । काठमाडौं महानगरका सुरक्षाकर्मी ६ वटा डोजरसँगै सिनामंगलको ओरालोमा बसेका छन् । सुकुम्बासीहरु प्रतिकार गर्न ढुङ्गामुढासहित तयारी अवस्थामा देखिन्छन् ।
 

टिप्पणीहरू