लगातार सार्वजनिक बिदा, कोशीमा पर्सि

लगातार सार्वजनिक बिदा, कोशीमा पर्सि
सुन्नुहोस्

कोशी प्रदेश सरकारले झाँगड (उराव) जातिलाई पर्सि सार्वजनिक बिदा दिएको छ । उक्त जातिको महान् चाड करम पूजा पर्वको उपलक्ष्यमा आगामी बुधबार सार्वजनिक बिदा दिएको जनाइएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उक्त जातिलाई मात्र सार्वजनिक बिदा दिइएको बताएको छ । ‘मिति २०८१–०५–२८ को प्रदेश सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार महान् चाड करम पूजा पर्वको उपलक्ष्यमा झाँगड (उराव) जाति समुदायलाई मात्र कोशी प्रदेशभर मिति २०८१ साल असोज २ गते बुधबार (१८ सेप्टेम्बर, २०२४) सार्वजनिक बिदा दिने निर्णय भएको’,सूचनामा उल्लेख छ । 

करम पूजा आदिवासी समुदायले गर्ने परम्परागत पूजा हो । झापा, मोरङ, सुनसरी, सिरहा, बारा, पर्सा, धनुषा जिल्लामा यो पर्व मनाइन्छ ।

भोलि राजधानी उपत्यकामा इन्द्रजात्राको बिदा दिइएको छ । आगामी बिहीबार संविधान दिवसको सार्वजनिक बिदा यसअघि नै सार्वजनिक भइसकेको छ ।

टिप्पणीहरू