प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश सिफारिस

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश सिफारिस

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस हुनुभएको छ । साँझ बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकले वरिष्ठतम न्यायाधीश राउतको नाम भावी प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ ।  

प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको आगामी असोज २० गतेदेखि अनिवार्य अवकाश हुँदै छ । त्यसको एक महिना अगावै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने संवैधानिक व्यवस्था छ । 

न्याय परिषदले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका आठ जनाको नाम सिफारिस गरेर पठाएको थियो । वरीयतामा सबैभन्दा अगाडि रहेका राउतको नाम पहिलो नम्बरमा थियो । सोही आधारमा संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । 

संसदीय सुनुवाई समितिले राउतको नाम अनुमोदन गरेपछि उहाँलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्नुहुनेछ ।

टिप्पणीहरू